जगदम्बा र त्रिवेणीले बुझाए पहिलो किस्ताको विद्युत् महसुल
सारांश
- बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगले विद्युत् महसुलको पहिलो किस्ता बुझाएका छन्।
- जगदम्बा स्टिल र त्रिवेणी स्पिनिङ उद्योगले क्रमशः ५ करोड ७२ लाख र १ करोड १४ लाख रुपैयाँ बुझाए।
- प्रधानमन्त्रीसहितको उच्चस्तरीय छलफलपछि उद्योगीहरू महसुल बुझाउन तयार भएका हुन्।
डेडिकेटेड र ट्रंक लाइन उपभोग गर्ने बारा–पर्सा औद्योगिक करिडोरका दुई उद्योगले आज पहिलो किस्ताको विद्युत् महसुल बुझाएका छन् ।
बाराको सिमरास्थित जगदम्बा स्टिल र पर्साको त्रिवेणी स्पिनिङ उद्योगले बुधबार साँझ ४ बजे विद्युत् महसुलको पहिलो किस्ताको रकम बुझाएका हुन् ।
जगदम्बा स्टिलको कुल बुझाउनुपर्ने १ अर्ब ६० करोडमध्ये पहिलो किस्ताको ५ करोड ७२ लाख र त्रिवेणी स्पिनिङ उद्योगको कुल ३२ करोड ९ लाखमध्ये पहिलो किस्तास्वरूप १ करोड १४ लाख रुपैयाँ महसुल रकम बुझाएका हुन् । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल रकमलाई २८ किस्तामा बुझाउने व्यवस्था गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेती र वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले कात्तिक ४ गते काटिएको जगदम्बा र त्रिवेणी दुवै उद्योगको ६६ हजार केभीको प्रसारण लाइन महसुल बुझाए लगत्तै जडान गरिएको बताएका छन् ।
विद्युत् लाइन काटिएको २२ दिनपछि उद्योगीहरू कसरी महसुल बुझाउन तयार भए भन्ने विषयमा माथिल्लो स्तरको छलफलबाटै टुंगिएको सिमरा वितरण केन्द्रले जनाएको छ । ‘प्रधानमन्त्रीसहितको उच्चस्तरीय छलफलपछि उहाँहरू महसुल बुझाउन तयार हुनुभयो,’ सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीले भने ।
यसअघि डेडिकेटेड र ट्रंक लाइनको महसुल बुझाउन बाँकी रहेका बारा पर्सा औद्योगिक करिडोरका हुलास स्टिल, हामा आइरन, अशोक स्टिल लगायतका उद्योगले पहिलो किस्ताको रकम बुझाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण