माग सम्बाेधनमा बेवास्ता
जेनजीका माग सम्बाेधन नभएपछि माइतीघरमा आमरण अनशन
बुधबार, २६ कात्तिक २०८२, २१ : २०
सारांश
- जेनजी आन्दोलनको माग सम्बोधन नभएपछि काठमाडौँको माइतीघरमा आमरण अनशन सुरु गरिएको छ।
- यादव सिंहले जेनजी आन्दोलनको माग पूरा गराउन दबाब दिन आमरण अनशन सुरु गरेका हुन्।
- उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका माग सम्बोधन नभएपछि काठमाडौँको माइतीघरमा आमरण अनशन सुरु गरिएको छ ।
यादव सिंह नाम गरेका व्यक्तिले जेनजी आन्दोलनको माग पूरा गराउन दबाब दिने उद्देश्यले बुधबारदेखि माइतीघरमा आमरण अनशन सुरु गरेका हुन् ।
उनले युवाहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्ताक्षर गरेको 'शान्ति सुरक्षा कायमका लागि बल प्रयोग गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड' विपरीत ताकीताकी शरीरका माथिल्लो अङ्गहरूमा गोली हानि हत्या गर्न बाध्य पार्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गरी प्रचलित फौजदारी कानुन बमोजिम सामूहिक हत्याका मुद्दामा कारबाही अगाडि बढाउन माग गरेका छन् ।
यस्ता छन् थप मागहरू
- जेनजी आन्दोलनको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर ।
- जेनजी आन्दोलनलाई कु–शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर ।
- राजनैतिक पद र प्रशासनिक ओहोदामा बसी अकुत आर्जन गर्नेहरूलाई भ्रष्टाचार जन्य कसुरको दायरामा ल्याउन उच्च स्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्ने र अदालतका न्यायाधीशहरुको सम्पत्ति छानबिन र कारबाहीको लागि न्याय परिषद् मार्फत छानबिन आयोग गठन गरी प्रतिवेदनको दोषी देखि देखाएका राजनैतिक पदाधिकारी प्रशासनिक व्यक्तिहरू र न्यायाधीशलाई तत्काल कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारको अन्त्य गर ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण