जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बिहीबार, २७ कात्तिक २०८२, ०७ : ५१
सारांश
- स्वास्थ्य मन्त्रालयले जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणका लागि जिल्ला अस्पतालहरूलाई निर्देशन दिएको छ।
- गृह मन्त्रालयले घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा पठाउन परिपत्र जारी गरेको छ।
- जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिको विवरण संकलन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरण गर्न जिल्ला अस्पतालहरूलाई निर्देशन दिएको छ ।
'गृह मन्त्रालयबाट घाइतेहरूको वर्गीकरण कार्य सम्पन्न गरी स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा घाइतेहरूको वर्गीकरण सहितको विवरण पठाउन परिपत्र भइसकेकोले कार्यविधि अनुसार यस कार्यलाई समयमै सम्पन्न गर्नका लागि जिल्लास्थित अस्पतालमा कार्यरत चिकित्सकहरू एवम् स्वास्थ्य कार्यालयका प्रमुखहरूले आवश्यक सहयोग गर्नुहुन आव्हान गर्दछौँ', मन्त्रालयले भनेको छ ।
जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण