रवि र छविको मुद्दा वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा
बिहीबार, २७ कात्तिक २०८२, ११ : ५४
सारांश
- रवि लामिछाने र छविलाल जोशीको मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा परेको छ ।
- उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ ।
- अघिल्लो हप्ता पनि यो मुद्दा सोही इजलासमा सुनुवाइ भएको थियो।
बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या एकमा रहेको छ । यसअघि कात्तिक २० गते यसै अदालतले मुद्दाको प्रमाण मिसिल झिकाउने आदेश भएको थियो ।
गत हप्ता पनि यो मुद्दा न्यायाधीश आचार्य र अर्यालको इजलासमा सुनुवाइ भएकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण