टर्कीले भन्यो– दिल्लीमा कार बम विस्फोटसँग सम्बन्ध छैन
काठमाडौँ । हालै दिल्लीमा भएको ‘आतङ्कवादी हमला’ टर्कीसँग सम्बन्धित रहेको दाबी गर्ने भारतीय सञ्चारमाध्यमका समाचारलाई टर्कीले अस्वीकार गरेको छ ।
टर्कीको ‘डाइरेक्टर अफ कम्युनिकेशन सेन्टर फर काउन्टरिङ डिसइन्फर्मेसन’ले ती समाचारको खण्डन गरेको हो ।
केही भारतीय मिडियाले भारतमा भएको उक्त आतङ्कवादी घटनामा टर्कीको सम्बन्ध रहेको र आतङ्कवादी समूहहरूलाई उसले लजिस्टिक, कूटनीतिक र आर्थिक सहयोग उपलब्ध गराइरहेको भनेर छापेको सन्दर्भमा यो खण्डन आएको हो ।
दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने उद्देश्यले जानाजानी चलाइएको यो भ्रामक प्रचार अभियानको एक हिस्सा भएको बताइएको छ ।
टर्कीले कुनै पनि प्रकारको ‘आतङ्कवाद’लाई पूर्ण रूपमा अस्वीकार गरेको छ पनि बताइएको छ । अन्तर्राष्ट्रिय समुदायको सहयोगमा आतङ्कवादविरुद्धको लडाइमा सबैभन्दा अगाडि उभिएको पनि बताइएको छ ।
दिल्ली मेट्रोमा विस्फोटका सम्बन्धमा आएका दाबी पूर्ण रूपमा गलत र मनगढन्ते भएको पनि टर्कीले बताएको छ । दिल्लीमा सोमबार भएको कार विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । भारत सरकारले यसलाई ‘आतङ्कवादी हमला’ भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण