‘सटडाउन’ ले अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर बराबरको क्षति
सारांश
- अमेरिकामा लामो समयसम्म चलेको सरकारी कामकाज बन्द (सटडाउन) अन्त्य भएको छ।
- सटडाउनका कारण अर्थतन्त्रमा ११ अर्ब डलरको क्षति पुगेको अनुमान छ भने हजारौं उडान रद्द भए।
- राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीलाई दोष दिएका थिए, तर अब २०२६ सम्म सरकारी कामकाज चल्नेछ।
वासिङ्टन डीसी । अमेरिकाले भोगेको अहिलेसम्मकै लामो सटडाउन (बजेट अभावका कारण गैरअत्यावश्यक सरकारी कामकाज ठप्प) को अवस्था अन्त्य भएको छ । तर लामो समयदेखि संघर्षरत् अमेरिकी अर्थतन्त्रमा ४३ दिन लामो यो सटडाउनले ठुलो चोट दिएको छ ।
स्थानीय समयअनुसार बुधवार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सटडाउन अन्त्य गर्न कांग्रेसले पारित गरेको विधेयकमा हस्ताक्षर गरिसकेका छन् । यसमा हस्ताक्षर गर्नुअघि ट्रम्पले सटडाउनका लागि डेमोक्रेटिक पार्टीलाई दोष दिएका थिए ।
डेमोक्रेटहरूले गराएको यो सटडाउनले अर्थतन्त्रमा ११ अर्ब डलरको क्षति पुर्याएको अनुमान छ । यसले डिसेम्बरको त्रैमासमा आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतले घटाउने सीबीओको प्रक्षेपण छ । सटडाउनका कारण २० हजार उडान रद्द वा ढिलाइ भएको थियो ।
१० लाखभन्दा बढी सरकारी कर्मचारीहरूले आफ्नो तलब पाएनन् भने खाँचोमा परेका लाखौँ मानिसहरूले पनि सरकारले वितरण गर्ने खानाबाट वञ्चित भए । बन्दका कारण हजारौँ सङ्घीय ठेकेदारहरू र साना व्यवसायहरू सरकारबाट पाउने रकम पाउनबाट वञ्चित भए ।
बन्दका कारण भएको क्षतिको बारेमा सोध्दा, ट्रम्पले क्षतिको पूर्ण हिसाब गर्न कयौँ हप्ता सम्भवतः महिनौँ लाग्ने बताए । ‘बन्दले हाम्रो अर्थतन्त्र र जनतालाई ठुलो क्षति पुर्याएको छ,’ उनले भने ।
ट्रम्पले बन्द अन्त्य गर्न विधेयकमा हस्ताक्षर गरेको भएपनि सरकारलाई पूर्ण रूपमा सञ्चालन गर्न अझै हप्तौँ लाग्नसक्ने बताइएको छ । विभिन्न विमानस्थलहरूमा उडानहरू पूर्ण रूपमा सुचारु हुनै अझै केही दिन लाग्नेछ ।
रिपब्लिकन पार्टी र डेमोक्र्याटिक पार्टीबिच सटडाउन अन्त्य गर्न भएको पछिल्लो सम्झौताले २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाज निर्बाध सञ्चालनको लागि बजेट दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण