मधेस प्रदेश सभाका दुई सांसदमाथि कारबाही प्रक्रिया सुरु
सारांश
- माओवादी केन्द्रले मधेस प्रदेश सभाका दुई सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ।
- सांसदहरूले तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत नदिएपछि कारबाही गरिएको हो।
- पार्टी ह्विप उल्लङ्घन गरेको आरोपमा उनीहरूलाई साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरिएको छ।
जनकपुरधाम । मधेस प्रदेश सभाका दुई सांसदलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने सन्दर्भमा पार्टी ह्विपविरुद्ध उभिएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेशले आफ्ना दुई सांसदमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
विश्वासको मतका दिन आह्वान गरिएको प्रदेश सभा बैठकमै पार्टीको ह्विप विपरीत उभिएर विश्वासको मत नदिने घोषणा गरेका प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णलाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको सो पार्टीका संसदीय दलका नेता भरत साहले जानकारी दिए ।
यी दुई सांसदकै कारण पाँच दलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो । पार्टीको ह्विपविपरीत यी दुई सांसद उभिए पनि तत्कालीन मुख्यमन्त्री सोनलले प्रदेश सभाबाटै राजीनामा घोषणा गरेका थिए ।
माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमन्त्री साहका अनुसार, पार्टीको ह्विप उल्लङ्घन गरी प्रदेश सभाको बैठकमा वितण्डा मच्चाउने कार्य गैरसंवैधानिक र पार्टी अनुशासन विपरीत भएकाले दुवै जनामाथि संगठनात्मक कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।
साहले भने, ‘पार्टीको निर्णयविपरीत आचरण गरेकाले केन्द्रीय समितिले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरिसकेको छ । केन्द्रबाट आधिकारिक पत्र आएलगत्तै प्रदेश सभामा उनीहरूको पद खारेजका लागि सिफारिस गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण