संसदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन
सारांश
- राष्ट्रियसभाको समितिले अध्यागमन विभाग र कार्यालयको अवलोकन गरेको छ।
- विभागका महानिर्देशकले अध्यागमन प्रशासनको कामबारे जानकारी गराए।
- विदेशी नागरिकको निगरानी गर्ने क्षमता नभएको र नेपालीलाई कडाइ गर्ने कुरा स्वीकारोक्ति रहेको महानिर्देशकले बताए।
काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ । बिहीबार समितिले विभाग तथा कार्यालयको अवलोकन गरेको हो ।
विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरूलाई जानकारी गराए ।
विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भए पनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको पनि बताए । उनले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनै पनि निकायमा छलफलको विषय नभएको उनको भनाइ छ ।
उनले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाइ गर्ने तर विदेशी नागरिक जस्तो भए पनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताए । उनले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउने गरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह समेत गरे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण