बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

बिहीबार, २७ कात्तिक २०८२, १६ : ४५
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाए।
  • बिहीबार शीतल निवासमा इजिप्ट, नर्वे, श्रीलंका र म्यानमारका राजदूतहरूले प्रमाणपत्र पेस गरे।
  • राजदूतहरूलाई काठमाडौंस्थित होटलदेखि राष्ट्रपति भवनसम्म बग्गीमा सवार गराइएको थियो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोह इजिप्ट, नर्वे, श्रीलंका र म्यानमारका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

सो समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने नवनियुक्त राजदूतहरूमा इजिप्टका सरिफ मोस्ताफा अलसैयद, नर्वेकी ड्याग्नी म्जोस, श्रीलंकाका रुवान्थी डेल्पिटिया  र म्यानमारका यू थान्त सिन रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप