बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आङ्बोद्वारा दुर्घटनाप्रति दुःख व्यक्त : प्रहरीलाई सहयोग गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता

बिहीबार, २७ कात्तिक २०८२, २० : ११
बिहीबार, २७ कात्तिक २०८२

विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू चढ्ने गाडीले ठक्कर दिएर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अप्रिय घटना भएकोले आफ्नो तर्फबाट कानुनी प्रक्रिया पुरा गर्न सहयोग गर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने कुरामा साथ रहने बताएका हुन् ।

‘मैले प्रयोग गर्दै आएको सवारी साधनले घिनाघाट–बिराटचोक सडक खण्डको ग्रामथान–५ कखरमारीमा बिहान ११.४५ बजे दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल चालक प्रवेश चौधरीको बिराट नर्सिङ अस्पतालमा उपचार कै क्रममा दुखद निधन भएको छ,’ उनले भनेका छन्, ‘दुर्घटनामा परि निधन हुनुभएको प्रवेश चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। दुर्घटनाको कानुनी प्रक्रियालाई सहयोग गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने कुरामा मेरो पूर्ण साथ रहने छ।’

ग्रामथान–५ कखरमारीमा विराटचोक जाँदै गरेको को ९ प ७५ नम्बरको मोटरसाइकललाई कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । ठक्करबाट अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको थियो । नेता आङ्बो भने उक्त गाडीमा सवार थिएनन् । गाडी  गम्भीरमान सार्कीले चलाएका थिए । उनी आङ्बोका स्वकीय सचिव हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आङ्बोलाई लिनका लागि सुन्दरहरैंचा जाँदै गरेका बेला गाडीले दुर्घटना गराएको हो । आङ्बोले आफू त्यहाँ नभएको बताए । ‘म सुन्दरहरैंचामा थिएँ । मलाई लिन आउँदै गरेको गाडी दुर्घटनामा परेको थाहा पाएको छु । मानिसको मृत्यु भएको पनि सुने, दुःखद भयो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप