फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुसमा प्रदर्शन हुने
सारांश
- फिल्म 'झरीपछिको इन्द्रेणी' पुस ४ गते प्रदर्शनमा आउने भएको छ।
- अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो।
- फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुसमा प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको प्रदर्शन मिति पुस ४ घोषणा गरेको हो ।
अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । फिल्ममा अनिशा सेन्दाङ लिम्बु निर्मात्री हुन् भने अनु थापा, पंकज खड्का र राम कार्की सह–निर्माताको रूपमा रहेका छन्। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईलगायतका कलाकारहरूको अभिनय रहेको छ। यसै फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय रहेको छ । निर्देशक घिमिरेको कथा रहेको यस फिल्ममा पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेको छ ।
फिल्ममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको पनि गीत पनि समावेश रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण