शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

पत्रकार बगाले ‘जिनियस पत्रकारिता अवार्ड’बाट सम्मानित

बिहीबार, २७ कात्तिक २०८२, ०७ : १५
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौं । पत्रकार रामजी बगाले ‘जिनियस कम्युनिकेशन अवार्ड २०८२’बाट सम्मानित भएका छन् । 

नेपाल प्रहरी क्लबको सभाहलमा सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले बगालेलाई उक्त अवार्ड प्रदान गरेका हुन् । 

आयोजक जिनियस डिजिटल म्युजिकले गरेको उक्त सम्मान ग्रहणपछि बगालेले पत्रकारिता पेशा नभई समाज परिवर्तनको अभियान भएको उल्लेख गर्दै आफूलाई प्रदान गरिएको अवार्डले अगाडि बढ्न थप हौसला मिलेको बताए । 

साढे २ दशकदेखि पत्रकारितामा संलग्न बगाले हाल जनसवाल दैनिकको सम्पादक तथा प्रकाशक रहेका छन् । उनले वैदेशिक रोजगारी र गैरआवासीय नेपालीका विषयलाई प्राथमिकताका साथ कलम चलाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?