संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले ७ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र
सारांश
- नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५औँ महाधिवेशनका लागि ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
- ज्ञापनपत्रमा आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मङ्सिर १५ गतेभित्र महाधिवेशन सुरु गर्नुपर्ने माग गरिएको छ।
- युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन, क्रियाशील सदस्यता टुंग्याउन समयसीमा तोक्नुपर्ने, र घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य उदय शमशेर राणाले जानकारी दिए ।
उनीहरूले ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ ।
साथै युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।
१५ औँ महाधिवेशनको सम्बन्धमा शीर्षकमा बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएको घट्नाको निष्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।




अहिलेको गम्भीर र कठिन परिस्थितिको सामना कांग्रेको वैचारिक स्पस्टता र साङ्गठनिक एकताबाट मात्र सम्भव भएको भन्दै जारी केन्द्रीय समितिले यो भावनालाई सम्बोधन गर्नुपर्ने उनीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण