अपडेट
आउन थाल्यो बिहार विधानसभा निर्वाचनको नतिजा
शुक्रबार, २८ कात्तिक २०८२, १६ : ३२
सारांश
- बिहार विधानसभा निर्वाचनको नतिजा आउन सुरु भयो, जसमा ६ सिटको परिणाम घोषणा भयो।
- नतिजा अनुसार, जनता दल युनाइटेड ५ सिटमा र भाजपा १ सिटमा विजयी भएका छन्।
- भाजपा ९४ सिटमा र जनता दल युनाइटेड ८१ स्थानमा अगाडि छन् भने तेजस्वी यादवको राष्ट्रिय जनता दल २४ सिटमा अगाडि छ।
पटना । भारतको बिहार राज्यको विधानसभा निर्वाचनको नतिजा धमाधम आउन थालेको छ ।
२४३ विधानसभा सिटमध्ये निर्वाचन आयोगले अहिलेसम्म ६ सिटको मत परिणाम घोषणा गरेको छ । जसअनुसार नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेड पाँच सिटमा विजयी भएको छ भने एउटा सिटमा भारतीय जनता पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै, ९४ सिटमा भारतीय जनता पार्टीले अग्रता बनाउँदा जनता दल युनाइटेडले ८१ स्थानमा अग्रता बनाएको छ ।
तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलले भने २४ सिटमा अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण