‘जिन्दगीभर राजनीति गरिरहनु हुँदैन, राजनीतिलाई सेवाका रूपमा व्याख्या गर्नुपर्छ’
सुर्खेत । बुद्ध एयरका मालिक तथा गतिशील लोकतान्त्रिक पार्टीका नेता वीरेन्द्र बस्नेतले देशका पुराना राजनीतिक दलहरूले सकारात्मक परिवर्तन दिन नसकेको भन्दै आफूहरू नयाँ विकल्पका रूपमा राजनीतिमा आएको बताएका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले हरेक पुस्ताको जिम्मेवारी बहन गर्दै नवयुवाका लागि दिगो रोजगारी सुनिश्चित गर्ने मूल नाराका साथ आफू राजनीतिमा होमिएको स्पष्ट पारे ।
बस्नेतको अगुवाइमा केही समयअघि मात्रै गतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए । यद्यपि उनी अध्यक्ष बनेका भने छैनन् ।
बस्नेतले विशेष गरी भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि नै आफूलाई राजनीतिमा आउन प्रेरित गरेको हो । उनले राजनीतिलाई आफूले सेवाका रूपमा लिने बताए ।
‘मैले बुझेको राजनीति भनेको निश्चित समयका लागि गरिने सेवा हो,’ उनले भने, ‘जिन्दगीभर राजनीति गरिरहनु हुँदैन ।’
उनले अब राजनीतिलाई सेवाका रूपमा व्याख्या गर्दै त्यही सिद्धान्त स्थापित गरिने बताए । यसका लागि त्याग आवश्यक पर्ने उनको भनाइ छ ।
‘एउटा निश्चित समयका लागि राष्ट्र र जनताको सेवा गर्नुपर्छ भन्ने सिद्धान्तलाई स्थापित गर्नै हामी राजनीतिमा आएका हौँ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण