बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र ‘हर्ष’ को दोस्रो गीत ‘कुटु-कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

शनिबार, २९ कात्तिक २०८२, ०४ : ०२
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • निर्देशक एकता पौडेलको फिल्म 'हर्ष' को दोस्रो गीत सार्वजनिक भयो, जसमा खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा छन्।
  • गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ, र यसले दर्शकलाई फिल्मप्रति उत्साह जगाएको छ।
  • फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, र अन्य कलाकारहरूको अभिनय रहेको छ, र यो मंसिर १२ गतेदेखि प्रदर्शन हुनेछ।

काठमाडौं । एकता पौडेलको निर्देशनमा डेब्युमा फिल्म निर्माण ‘हर्ष’ को दोस्रो गीत ‘कुटु-कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक फिल्मको गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । गीतको भिडियोले दर्शकलाई फिल्म प्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतमा गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चाका आएका थिए । त्यसपछि गुमनाम जस्तै देखिएका गायक श्रेष्ठ आगामी मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘हर्ष’बाट पाश्र्व गायनमा प्रवेश गरेका हुन् । यो गीतले आफुलाई संगीतमा स्थापित गर्ने विश्वास उनको छ ।

निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्म समेत निर्माण गरेकी छन् ।

फिल्ममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप