आईपीएलमा खेलाडीको ठुलो हेरफेर : सञ्जु सामसन चेन्नईमा, जडेजा र करन राजस्थान रोयल्समा
सारांश
- राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच खेलाडी साटफेर सम्झौता भयो, जसमा सञ्जु सामसन चेन्नई जानेछन्।
- रवीन्द्र जडेजा र साम करन राजस्थान आउनेछन्, सामसनलाई १८ करोड भारुमा रिटेन गरिएको थियो।
- मोहम्मद शामी आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सको लागि खेल्नेछन्, मयंक मार्कन्डे मुम्बई फर्किए।
नयाँ दिल्ली । राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच खेलाडी साटफेरको सम्झौता भएको छ। यस ट्रेडअनुसार सञ्जु सामसन चेन्नईमा जानेछन् भने रवीन्द्र जडेजा र साम करन राजस्थानमा आउनेछन्। आईपीएलले शनिबार बिहान यसको पुष्टि गरेको छ।
यो आईपीएल इतिहासकै सबैभन्दा ठुलो खेलाडी साटफेर मध्येको एक हो। २०२१ देखि पछिल्लो सिजनसम्म राजस्थानको कप्तानी गरेका सामसनलाई आईपीएल २०२५ अघि १८ करोड भारुमा रिटेन गरिएको थियो। चेन्नईले पनि जडेजालाई सोही रकममा रिटेन गरेको थियो भने करनलाई लिलामीमा २।४ करोड भारुमा लिएको थियो।
सामसन चेन्नईमा सोही शुल्कमा जाँदैछन्, तर जडेजाको शुल्क १८ करोडबाट घटाएर १४ करोड भारु कायम गरिएको छ। करनको शुल्क यथावत छ। सामसनले राजस्थानसँग ११ वर्ष बिताएका थिए, तर उनले आईपीएल २०२५ पछि आफू परिवर्तनको खोजीमा रहेको र राजस्थानबाट रिलिज हुन चाहेको संकेत दिएका थिए।
जडेजाको लागि यो उनले आफ्नो आईपीएल करियर सुरु गरेको फ्रेन्चाइजमा फिर्ती हो। सन् २०१२ देखि भने उनी चेन्नईमै थिए । यता, सन् २०१९ र २०२५ बिच चेन्नई र पञ्जाब किंग्सबीच ओहोरदोहोर गरेका कुरानको लागि यो तेस्रो आईपीएल फ्रेन्चाइज हुनेछ।
मोहम्मद शामी आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सको लागि खेल्नेछन् । उनलाई सनराइजर्स हैदराबादले ट्रेड गरेको हो। आईपीएल २०२५ अघि हैदराबादका लागि १० करोड भारुमा दोस्रो सबैभन्दा महँगा बनेका शामी आफ्नो यही शुल्कमा लखनउ जानेछन्।
त्यस्तै मयंक मार्कन्डे, अर्जुन तेन्दुलकर, नितिश राणा र डोनोभान फेरेराको नाम पनि ट्रेडमा समावेश छ। १०० भन्दा बढी आईपीएल खेल खेलिसकेका र कोलकाता नाइट राइडर्सको कप्तानी समेत गरिसकेका राणा दिल्ली क्यापिटल्स (डीसी) मा जाँदैछन् । उनको ४.२ करोड भारुको शुल्क यथावत रहनेछ।
मार्कन्डेका लागि यो आफ्नो पुरानो टोली मुम्बई इन्डियन्समा कोलकाताबाट फर्किनु घर फर्के सरह भएको छ। उनको ३० लाख भारुको शुल्क पनि यथावत रहनेछ। दक्षिण अफ्रिकी अलराउन्डर फेरेरा आफ्नो पहिलो टोली राजस्थानमा दिल्ली क्यापिटल्सबाट ट्रेड भएर फर्किएका छन्, उनको तलब पनि बढाइएको छ।
उनको शुल्क ७५ लाख भारुबाट १ करोड भारुमा संशोधन गरिएको छ। यसैबिच, तेन्दुलकर मुम्बईबाट लखनउमा आफ्नो ३० लाख भारुको शुल्कमा जाँदैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण