नेपाल प्रिमियर लिगको तयारी पूरा, अधिकांश खेलहरू डे-नाइट म्याच खेलाइने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्यानले मङ्सिर १ गते सोमबारदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका अधिकांश खेलहरू फ्लडलाइटमा डे-नाइट म्याच खेलाइने क्यानले जनाएको छ। एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ राशिको पुरस्कार प्राप्त गर्ने क्यान सचिव पारस खड्काले बताए।
उनले क्यानले एनपीएलको दोस्रो संस्करणलाई भव्य बनाउन पछिल्लो ५ महिनादेखि निकै मेहनत गरेको र डे-नाइट म्याच खेलाउन तयार भएको बताए।
क्यानले दोस्रो संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्य माध्यमबाट करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको छ। जसमा टिकट बिक्रीबाट मात्रै न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य रहेको क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण