जेन-जी आन्दोलनमा आपराधिक गतिविधि गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : विश्वकर्मा
सारांश
- एमाले सचिव छविलाल विश्वकर्माले जेनजी आन्दोलनका अपराधीलाई कारबाहीको माग गरेका छन्।
- उनले घुसपैठ र गुण्डागर्दी गर्नेलाई कारबाही नगरेको भन्दै सरकारको आलोचना गरे।
- विश्वकर्माले जेलबाट भागेका कैदीलाई नियन्त्रणमा लिन नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको समेत आलोचना गरे।
बुटवल । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनिक सम्पत्तिलाई धराशायी बनाउनेहरूलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश व्यक्त गरे। सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे।
उनले भने, ‘जसले घुसपैठ गरे। जसले यस खालको गुण्डागर्दी गरे। जसले यस खालको आतङ्कित गतिविधि गरे। जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरू, यसलाई धरासायी बनाउने काम गरे। अब यो सरकारले त्यो छानबिन गर्न पर्दैन? ती अपराधीहरूलाई कानूनको दायरामा ल्याउनु पर्दैन? जेलबाट हजारौँ कैदीहरू छुटेका छन्। तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ? जनताको प्रश्न छ। त्यो जवाफ दिने सामर्थ्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन? गृहमन्त्रीसँग हुनुपर्छ कि पर्दैन? यो सरकारसँग हुनुपर्छ कि पर्दैन?’
सचिव विश्वकर्माले मुलुकलाई सङ्कटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण