राष्ट्रलाई वर्तमान संकटबाट उकास्न एमाले सक्षम छ – महासचिव पोखरेल
शनिबार, २९ कात्तिक २०८२, १७ : १४
राँझा (बाँके) नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।
पार्टीको बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।
'जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ,' उनले भने । राष्ट्रलाई वर्तमान संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
महासचिव पोखरेलले भने, 'देशको संकट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण