जेनजी आन्दोलन फोहोर, कांग्रेस-एमाले भेरी नदी : मुख्यमन्त्री कँडेल
शनिबार, २९ कात्तिक २०८२, १८ : ०७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले जेनजी आन्दोलनलाई फोहोरको संज्ञा दिएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उनले आन्दोलनलाई भदौ २४ गते आएको फोहोरको संज्ञा दिएका हुन्।
त्यस क्रममा उनले नेपाली कांग्रेस र आफ्नो पार्टी नेकपा एमालेलाई भेरी नदीसँग तुलना गरे। उनले भने, ‘कांग्रेस र एमाले भेरी नदी जस्तै हुन्, जो निरन्तर बगिरहन्छन्।’
जेनजी युवाहरूलाई 'केटाकेटी' को संज्ञा दिँदै उनले भने, ‘जति रगत बगाए पनि तपाईं केटाकेटी नै हुनुहुन्छ ।’ मुख्यमन्त्री कँडेलले समाज र देश विकासका लागि दलीय व्यवस्था र पार्टीको भूमिका अपरिहार्य रहेको बताए। समाज चलाउने, देश विकास गर्ने भनेको दलीय व्यवस्थामा पार्टीका माध्यमबाट मात्र भएको उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण