राजनीति
नेकपा र जसपाबिच एकता वार्ता : छलफललाई निरन्तरता दिने सहमति
शनिबार, २९ कात्तिक २०८२, १९ : २८
सारांश
- नेपाली कम्युनिस्ट पार्टी र जसपाबीच एकता वार्ता काठमाडौंको पेरिसडाँडामा भयो।
- वार्ता सकारात्मक दिशामा अघि बढेको नेकपा नेता देव गुरुङले बताए।
- एकताका लागि प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको छ र निरन्तरता दिने सहमति भएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बिच एकता वार्ता भएको छ । शनिबार पेरिसडाँडामा ती दुई पार्टीबिच एकता वार्ता भएको हो ।
वार्ता सकारात्मकतर्फ उन्मुख भएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । उनले यो दुई पार्टी बिचको एकताका लागि प्रारम्भिक छलफल भएको समेत बताए । बैठकमा प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको उनले बताए ।
गुरुङले भने, ‘जसपासँगको एकता वार्ता सकारात्मकतर्फ उन्मुख छ । एकताका लागि यो प्रारम्भिक छलफल हो । प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा आज छलफल भयो । छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति भएको छ । अहिले केही निर्णय भएको छैन ।’
एकता वार्ता नेकपाका तर्फबाट देव गुरुङ र जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण