बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नामी भिगो इलेक्ट्रिक एसयुभी अनावरण

शनिबार, २९ कात्तिक २०८२, २० : २२
शनिबार, २९ कात्तिक २०८२

झापा । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा नामी भिगो इलेक्ट्रिक एसयुभी आधिकारिक रूपमा अनावरण गरेको छ। 

शुक्रबार आयोजित भव्य समारोहमा पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेपाल उद्योग वाणिज्य महासंघ-कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोख्रेललगायतले संयुक्त रूपमा गाडीको अनावरण गरेका हुन्।

नामी भिगोले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ मिड-साइज इलेक्ट्रिक एसयुभीको स्तर उकासेको कम्पनीको दाबी छ। नामी भिगोमा ९९ किलोवाट मोटर र दुईवटा ब्याट्री विकल्प (४४.९४ किलोवाट-आवर र ५१.८७ किलोवाट-आवर) उपलब्ध छन्, जसले क्रमशः ३०० किमी र ३५० किमी (WLTP रेन्ज) को दायरा प्रदान गर्दछ। यसको सबैभन्दा ठूलो विशेषता ३सी अल्ट्रा-फास्ट डीसी चार्जिङ (१६७ किलोवाट) हो, जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा चार्ज गर्न सक्छ।

नामी भिगो ई२ को मूल्य रु. ३८,९९,००० र ई२+ भेरियन्टको मूल्य रु. ४१,९९,००० निर्धारण गरिएको छ। तर, विशेष प्रारम्भिक अफरअन्तर्गत ई२ रु. ३७,९९,००० र ई२+ रु. ४०,९९,००० मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप