फागुनमा चुनाव हुँदैन, प्रतिगामी षड्यन्त्रविरुद्ध जनतालाई संगठित गर्दैछौँ : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले आगामी फागुनमा चुनाव नहुने र षडयन्त्र भइरहेको आरोप लगाए।
- उनले पश्चिमा प्रभाव र सूचना प्रविधिको नियमनलाई लिएर नयाँ र पुरानो पुस्तामा विभाजन ल्याउने षडयन्त्र भएको आरोप लगाए।
- पोखरेलले सरकार विघटन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भन्दै संसद् पुनर्स्थापनाको पक्षमा एमाले रहेको बताए।
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुनमा चुनाव नहुने दाबी गर्दै चुनाव नगराउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो षड्यन्त्रविरुद्ध एमालेले जनतालाई सङ्गठित गर्ने अभियान सुरु गरेको बताए।
‘एमाले किन चुनावमा जाँदैन भन्ने प्रश्न उठ्ला, तर सत्य के हो भने चुनाव हुँदै हुँदैन,’ पोखरेलले भने। उनले प्रतिगामी षड्यन्त्रका विरुद्धमा प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डासहित जनप्रदर्शन गरिएको र जनतासँगको सम्बन्ध थप बलियो बनेको जिकिर समेत गरे। हालैका घटनाक्रमलाई ‘षड्यन्त्रको योजना’ भन्दै उनले यसबाट राजनीतिक प्रभावित भएको उल्लेख गरे।
साथै, उनले पश्चिमा प्रभावमा परेर नयाँ र पुरानो पुस्ताबिच विभाजन ल्याउने षड्यन्त्र भएको र सूचना प्रविधिको नियमनलाई नयाँ पुस्ताले नबुझेको आरोप लगाए।
पोखरेलले पीडालाई स्वार्थी तत्त्वले प्रयोग गरेको, युवाप्रति लक्षित नभई स्वार्थी तथा विध्वंसकारी तत्त्वहरूले यो काम गरेको दाबी गरे। युवाहरूको माग सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खुला राख्नु भएको र ती जायज माग भएको उनले स्पष्ट पारे।
सरकार विघटन र नयाँ सरकार निर्माण आकस्मिक नभएको भन्दै उनले प्रधानमन्त्रीको राजीनामापछि अर्को प्रधानमन्त्री बनाउने बाटो हुँदाहुँदै संसद् विघटनलाई पहिलो सर्त राखिएको आरोप लगाए ।
सरकार निर्माण र प्रतिनिधिसभा विघटनलाई उनले असंवैधानिक कदम भने । एमाले संसद् पुनर्स्थापनाको पक्षमा रहेको र संशोधन गरेर दलहरूको सहमतिमा अन्तरिम सरकारमार्फत निर्वाचन हुनुपर्ने बताए।
पोखरेलले ‘जेन्जी’ आन्दोलनमा फेक क्रियाकलापमार्फत जनमानसलाई उत्तेजित पारी विध्वंस गर्न प्रेरित गरिएको र एआईद्वारा निर्मित सामग्रीमार्फत भ्रम सिर्जना गरिएको आरोप लगाए । आगजनीमा रसायन प्रयोग भएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उनले यसको उद्देश्य राष्ट्र कमजोर पार्नु रहेको बताए ।
उनले षड्यन्त्रविरुद्ध लड्ने आँट एमालेले गरेको र सधैँ अग्रसरता लिएको दाबी गरे। लोकतन्त्रलाई सही बाटोमा ल्याउन संसद् पुनर्स्थापना भएकाले सबै दललाई यसमा जोडिन आह्वान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण