एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई
शनिबार, २९ कात्तिक २०८२, २१ : १६
सारांश
- कर्णाली याश्विसले एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ ।
- फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्यो ।
- कर्णालीले सुरुका दुई सेट जितेर पनि पछि दुई सेट गुमाए, तर निर्णायक सेट जित्यो।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३–२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो ।
सुरुवाती दुई सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट भने १३–२५, १७–२५ ले गुमायो । त्यसपछि खेलको पाँचौँ तथा निर्णायक सेटमा १५–८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण