फेन्जो लामाको नेतृत्वमा लबुचे पिक सफल आरोहण
शनिबार, २९ कात्तिक २०८२, २३ : १८
सारांश
- प्रख्यात महिला पर्वतारोही फेन्जो लामाको नेतृत्वमा रहेको टोलीले लबुचे पिक सफलतापूर्वक आरोहण गर्यो।
- टोलीमा शेर्पा इभेन्ट अर्गनाइजरका नुरु शेर्पा, अस्ट्रेलियन, फ्रेन्च नागरिक र डावाड थाप्के सहभागी थिए।
- अस्ट्रेलियन नागरिक सेमीले यसअघि सगरमाथा लगायतका हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेकी थिइन्।
सोलुखुम्बु । सगरमाथादेखि मनासलु, आमाडब्लाम, मेरा पिक, आईसल्यान्ड पिक र केटुजस्ता चुनौतीपूर्ण हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेकी प्रख्यात महिला पर्वतारोही फेन्जो लामाको नेतृत्वमा रहेको टोलीले बिहीबार बिहान लबुचे पिक (६,११९ मिटर) सफलतापूर्वक आरोहण गरेको छ।
उनको नेतृत्वमा रहेको टोलीमा शेर्पा इभेन्ट अर्गनाइजरका संस्थापक अध्यक्ष नुरु शेर्पा, अस्ट्रेलियन नागरिक सेमी, फ्रेन्च नागरिक एलिस, र डावाड थाप्के सहभागी थिए।
अस्ट्रेलियन नागरिक सेमीले यसअघि सन् २०१८ मा सगरमाथा, मनासलु, आमाडब्लाम, मेरा पिक र आईसल्यान्ड पिक सफलतापूर्वक आरोहण गरिसकेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण