बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीको नवलपरासी जिल्ला कमिटी नेकपामा समाहित हुने निर्णय

आइतबार, ३० कात्तिक २०८२, १० : ५९
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • एकीकृत समाजवादी पार्टी नवलपरासीको जिल्ला कमिटी नेकपामा समाहित भयो।
  • जिल्ला कमिटी बैठकले सर्वसम्मतिबाट नेकपामा जाने निर्णय गरेको हो।
  • नेकपामा माधवकुमार नेपाल र घनश्याम भुसालसहितका नेतालाई एकतामा आउन आग्रह गरियो।

बुटवल । एकीकृत समाजवादी पार्टी नवलपरासीको सम्पूर्ण जिल्ला कमिटीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने निर्णय गरेको छ। प्रचण्डनेतृत्वको नेकपामा जाने निर्णय पार्टीको जिल्ला कमिटी बैठकले सर्वसम्मतरूपमा गरेको जिल्ला अध्यक्ष कुमार आलेले जानकारी दिए।

अध्यक्ष आलेका अनुसार नवलपरासीमा रहेको ५१ सदस्यीय जिल्ला कार्यसमिति एउटै संरचनासहित नेकपामा प्रवेश गर्ने निर्णय भइसकेको छ। “समितिको पूर्ण सहमतिसहित अब हामी तारा चिन्ह रहेको नेकपामा समाहित भएका छौं,” उनले रातोपाटीसँग भने।

हाल गठनमा रहेको नेकपामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहको विभाजित नेकपा, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), नेकपा सत्यवादी तथा गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा लगायतका दलहरू समावेश छन्।

बैठकले माधवकुमार नेपालको नेतृत्वमा रहेको र एकताबाहिर रहेका घनश्याम भुसालले अघि सारेका मूल एजेन्डाहरू नै प्रचण्ड–माधव समूहका एजेन्डासँग मिल्दो भएको उल्लेख गर्दै भुसालसहित कम्युनिस्ट विचारधारा बोक्ने सबै नेता–कार्यकर्तालाई नेकपाको एकता प्रक्रियामा सहभागी हुन आग्रह गरिएको अध्यक्ष आलेले बताए।

one

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप