ट्रम्पविरुद्ध किन उत्रिइन् समर्थक मार्जाेरी ग्रीन ?
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प र रिपब्लिकन सांसद ग्रीनबीचको विवाद सार्वजनिक भयो, ग्रीनले ट्रम्पको आलोचना गरिन्।
- ग्रीनले एपस्टाइन फाइल व्यवस्थापनमा ट्रम्पको आलोचना गरेपछि ट्रम्पले उनलाई देशद्रोही भनेका छन्।
- ट्रम्पले ग्रीनलाई अर्को चुनावमा हराउन चाहेको र एपस्टाइन फाइल रोक्न खोजेको आरोप छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन सांसद मार्जाेरी टेलर ग्रीनबिचको बढ्दो दरार अब सार्वजनिक विवादमा परिणत भएको छ । ग्रीन ट्रम्पका सबैभन्दा बलियो समर्थकहरू मध्ये एक हुन् । तर पछिल्लो समय उनी नै ट्रम्पको कट्टर आलोचक बनेकी छिन् ।
हालै उनले ट्रम्पलाई अझै पनि ‘अमेरिका फस्र्ट’लाई प्राथमिकता दिन्छन कि भनेर प्रश्न गरेकी थिइन् । उनले एपस्टाइन फाइल व्यवस्थापनको मामिलामा ट्रम्पको आलोचना पनि गरिन् ।
यो विवाद सदनले एपस्टाइन फाइलहरू जारी गर्ने कि नगर्ने भनेर विचार गर्न लागेको बेला आएको हो । ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल पोस्टमा ग्रीनलाई पागल भनेका थिए । शनिबार फेरि उनले ग्रीनलाई देशद्रोही भन्दै अर्को वर्षको चुनावमा पराजित गराउनु पर्ने भनेका थिए ।
ट्रम्पले शुक्रबार राति पोस्टमा लेखेका थिए, ‘पागल मार्जाेरीले गर्ने भनेको खाली गुनासो, गुनासो र गुनासो मात्रै हो ।’ आफूले ग्रीनलाई उनको राज्य जर्जियामा गभर्नर वा सिनेटरको लागि उम्मेदवारी दिनु हुँदैन भन्ने सुझाव दिएपछि उनी आफू विरुद्ध उत्रिएको पनि ट्रम्पले बताए । ग्रीनले पार्टीलाई कलङ्कित गरेको भन्दै अर्को वर्षको मध्यावधि चुनावमा ग्रीनको ठाउँमा आउने जुनसुकै रिपब्लिकन प्रतिद्वन्द्वीलाई समर्थन गर्नेमा उनले जोड दिएका थिए ।
एपस्टाइन फाइलहरू जारी गर्ने गर्दै डिस्चार्ज याचिकामा हस्ताक्षर गर्न डेमोक्रेटहरूसँग गत हप्ता चार जना हाउस रिपब्लिकले पनि हस्ताक्षर गरेका थिए ग्रिन तीनैमध्ये एक हुन् । शुक्रबार, ग्रिनले एक्समा पोस्ट गर्दै ट्रम्पले एपस्टाइन याचिकाको पक्षमा मतदान गर्नबाट अन्य रिपब्लिकनहरूलाई रोक्न खोजिरहेको बताएकी थिइन् । अर्को हप्ता फाइल रिलज गर्ने कि नगर्ने भन्नेबारे हुन लागेको मतदान अघि सबै रिपब्लिकनहरूलाई तर्साउन ट्रम्पले आफ्नो पछि लागेको पोस्टमा उनले लेखेकी थिइन् ।
फाइललाई रोक्न ट्रम्पले गरेको कसरत आश्चर्यजनक भएको अनि उनी यो स्तरमा गिरेको देख्दा आफूलाई अचम्म लागेको उनको भनाइ थियो । ट्रम्पले आफूलाई निशाना बनाएपछि ग्रीनले पनि शनिबार एक्समा शृङ्खलाबद्ध रुपमा पोस्ट गरेकी थिइन् । एउटा पोस्टमा उनले आफू ट्रम्पको भक्त नभएको न त उनको सेवा गर्छु भनेर लेखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण