आप्रवासी सवार दुई डुङ्गा पल्टिँदा लिबिया तटमा ४ जनाको मृत्यु
आइतबार, ३० कात्तिक २०८२, १२ : ३६
सारांश
- लिबियाको तटमा आप्रवासी सवार दुई डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।
- पहिलो डुङ्गामा २६ जना बङ्गलादेशी सवार थिए, जसमा सबैको मृत्यु भएको छ ।
- दोस्रो डुङ्गामा ६९ जना सवार थिए, जसमा ८ जना बालबालिका पनि थिए।
त्रिपोली । लिबियाको तटमा आप्रवासीहरू सवार दुई वटा डुङ्गा पल्टिँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो दुर्घटना तटीय सहर अल–खुम्समा बिहीबार राति भएको लिबियन रेड क्रेसेन्टले भनेको छ ।
पहिलो डुङ्गामा २६ जना बङ्गलादेशी सवार रहेको र मर्नेमध्ये सबै यहीँ डुङ्गाको भएको बताइएको छ । दोस्रो डुङ्गामा भने ६९ जना सवार थिए । यसमा दुई जना इजिप्सियन र दर्जनौँ सुडानी सवार रहेको बताइएको छ ।
यो डुङ्गामा सवारहरूलाई के भयो भन्ने थाहा हुन सकेको छैन । दोस्रो डुङ्गामा ८ जना बालबालिका पनि थिए । पछिल्लो समय लिबिया युरोप पस्ने आप्रवासीको लागि ट्रान्जिट बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण