लालु यादवको परिवारमा कलह, जेठा छोराको प्रतिक्रिया– दिदीको अपमान गर्नेमाथि ‘सुदर्शन चक्र’ चल्छ
सारांश
- बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवकी छोरीले परिवारमा दुर्व्यवहारको आरोप लगाइन् र सम्बन्ध तोड्ने प्रतिक्रिया दिइन्।
- उनले भाइ तेजस्वी र उनका सहयोगीहरूलाई यस घटनाको मुख्य पात्रको रूपमा दोषारोपण गरिन्।
- तेजस्वीका दाजु तेजप्रतापले दिदीको अपमान गर्नेहरूलाई चेतावनी दिए, जबकि तेजस्वीले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
पटना । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको परिवारमा कलह बढेको छ । लालुकी छोरी राहिणी आचार्यले आफूलाई दुर्व्यवहार गरिएको आरोप लगाउँदै परिवारसँग अब कुनै प्रकारको सम्बन्ध नरहेको प्रतिक्रिया दिएकी थिइन् ।
उनले आफ्नो भाइ तेजस्वी र उनका सहयोगी संजय यादव र रमीज यो प्रकरणका मुख्य पात्र रहेको बताएकी थिइन् ।
तेजस्वीका दाजु तथा लालुप्रसाद यादवका जेठा छोरा तेजप्रताप यादवले यसबारे पहिलो पटक आफ्नो प्रतिक्रिया दिएका छन् । उनले मिडियासमक्ष संक्षिप्त प्रतिक्रिया दिँदै दिदी (रोहिणी)को अपमान गर्नेमाथि कृष्णको सुदर्शन चक्र चल्ने बताएका छन् ।
उक्त घटनाबारे तेजस्वी यादवको कुनै प्रतिक्रिया आएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार केही अघि लालु यादवको परिवारबाट तेज प्रताप बाहिरिएका थिए । उनलाई तेजस्वी र उनको टिमकै कारण यादव परिवारबाट निकालिएको आरोप लाग्दै आएको छ ।
परिवार र पार्टीबाट समेत निकालिएपछि तेजप्रतापले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरी विधान सभा निर्वाचनमा भाग लिए पनि सफलता पाउन सकेनन् । विधानसभा निर्वाचन लगत्तै तेजप्रताप र तेजस्वीकी दिदी रोहिणीले परिवारमा आफूलाई दुर्व्यवहार गरिएको भन्दै तेजस्वीसहित तीन जनालाई यसको जिम्मेवार ठह¥याएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण