न्यायको अनुभूति हुनेगरी काम गर्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले कर्मचारीलाई नयाँ पुस्ताको भावना अनुसार काम गर्न निर्देशन दिएका छन्।
- उनले निर्वाचनलाई अझ बढी सहभागितामूलक बनाउन र सेवाग्राहीको काम गर्न निर्देशन दिए।
- बैठकमा राष्ट्रिय परिचयपत्र नियमावली लगायतका विषय परिमार्जनको काम अन्तिम चरणमा पुगेको जानकारी गराइयो।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव एसएमटी बैठकमा अर्यालले सो निर्देशन दिएका हुन् ।
मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले एक्टिभिष्ट जसरी जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए । ‘अहिलेको सरकार निर्वाचन गराउने सरकार भएको हुनाले चुनावलाई अझ बढी सहभागितामूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु’ मन्त्री अर्यालले बैठकमा भने- ‘कर्मचारीहरूले जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न निर्देशन दिन्छु ।’
उनले परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका हुन् । बैठकमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न निर्देशन दिएका छन् ।
बैठकमा गृह सचिव रामेश्वर दंगालले राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावली र नागरिकता नियमावली परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण