बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हाे : शंकर पोखरेल

आइतबार, ३० कात्तिक २०८२, २० : ४३
आइतबार, ३० कात्तिक २०८२

दैलेख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक संकटसँग जुध्न सक्षम पार्टी भएको बताउँदै पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । 

दैलेखको पटांगीनी, दुल्लुमा आइतबार जिल्ला कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई 'निर्णायक राष्ट्रिय शक्ति' का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई “राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र”का रूपमा चित्रण गर्नुभयो, उनले भने, 'सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो। हामी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ।'

उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपिल गरे । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेलले मुलुकलाई दिगो स्थिरता दिन आउँदो निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउनुपर्ने धारणा राखे।

कँडेलले भने, 'जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो। अब नेता–कार्यकर्ता सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ।'

एमाले दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको सरकारले असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गरे मात्र मुलुकले मार्ग निर्देशन पाउने दाबी गरे । उनका अनुसार एमाले र जनता एक भएर अघि बढे मात्र देश सङ्कटमुक्त बन्न सक्छ ।

शाहीले कार्यकर्तालाई सङ्गठन सुदृढीकरण र जनतासँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सबैलाई सक्रिय हुन अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप