कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगी पक्राउ
आइतबार, ३० कात्तिक २०८२, २१ : ४९
काठमाडौँ । नोभेम्बर १० मा लाल किल्ला नजिकै भएको कार बम विस्फोटको सम्बन्धमा आत्मघाती आक्रमणकारीका सहयोगीलाई पक्राउ गरिएको छ ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एनआईएले आतङ्कवादी हमला गर्न आत्मघाती हमलाकारीसँग षड्यन्त्र गर्ने एक कश्मीरी व्यक्तिलाई पक्राउ गरेको छ ।’
एजेन्सीले अभियुक्तलाई आमिर रशिद अली भनेर पहिचान गरेको छ । एजेन्सीका अनुसार आक्रमणमा प्रयोग गरिएको कार आमिर रशिद अलीको नाममा दर्ता थियो ।
एनआईएले आमिर रशिद अलीलाई दिल्लीबाट पक्राउ गरेको हो । ‘एनआईएको अनुसन्धानबाट पत्ता लागेको छ कि जम्मू कश्मीरको पम्पोरको सम्बुरा निवासी अभियुक्तले कथित आत्मघाती हमलाकारी उमर उन नबीसँग मिलेर आतङ्कवादी हमला गर्ने षड्यन्त्र रचेका थिए,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण