सकियो ‘कुमारी’ को छायाङ्कन
सोमबार, ०१ मङ्सिर २०८२, ०० : ४९
सारांश
- दिनेश राउत निर्देशित प्रेम कथामा आधारित चलचित्र 'कुमारी' को छायाङ्कन सम्पन्न भएको छ।
- चलचित्रमा अभिषेक खड्का, आकृति राजभन्डारी, र अन्य कलाकारहरूको मुख्य भूमिका रहेको छ।
- चलचित्र यही वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ।
काठमाडौँ । दिनेश राउत निर्देशित प्रेम कथानक चलचित्र ‘कुमारी’ को छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको चलचित्रको छायाङ्कन शनिवार औपचारिक रूपमा पूरा भएको हो। चलचित्रको रिलिज मिति तय हुन बाँकी रहेको छ। चलचित्रमा अभिषेक खड्का, आकृति राजभन्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारलगायको चलचित्रमा मुख्य भुमिका छ ।
चलचित्रको छायाङ्कन सुसन प्रजापतिले गरेका हुन्। बिनिश इन्टरटेन्मेन्टले पिक्चरले निर्माण गरेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।
केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा छ। निर्माण टिमका अनुसार, ‘कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण