सुबिसु बन्याे विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनर
सारांश
- सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको इन्टरनेट पार्टनर बनेको छ।
- सम्झौता अनुसार, सुबिसु र विराटनगर किङ्सबीच मार्केटिङ प्रमुख र निर्देशकले हस्ताक्षर गरेका हुन्।
- एनपीएलको दोस्रो संस्करण मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुँदैछ।
काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबिच सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधान र विराटनगर किङ्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस प्रालिका निर्देशक राजेश बजरियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
एनपीएलको दोस्रो संस्करण मङ्सिर १ गते (आज) बाट सुरु हुँदैछ । एक महिनासम्म चल्ने यस प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । ‘राष्ट्रिय टिमका खेलाडी सन्दिप लामेछाने, प्रतिश जिसी लगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा जोडिन पाउँदा हामी निकै उत्साहित छौँ,’ सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधानले भने, ‘यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तरत सहकार्य र प्रतिबद्धता दर्साएको छ ।’ प्रधानले आगामी दिनमा समेत सुबिसु नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अगि बढ्ने प्रतिबद्धता समेत जायर गरे ।
कार्यक्रममा विराटनगर किङ्सका तर्फबाट बोल्दै बजरियाले सुबिसु इन्टरनेटलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण