सुदूरपश्चिमबाट एनपीएल खेल्ने नेपाल आइपुगे क्रिस लिन
सारांश
- अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल प्रिमियर लिग खेल्न नेपाल आएका छन्।
- उनलाई सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
- लिन एक आक्रामक ब्याट्सम्यान हुन् जसले टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
काठमाडौँ । सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने अस्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् ।
आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत गरे । यसअघि सुदूरपश्चिम रोयल्सबाट खेल्न जोस ब्राउन र स्कट कुग्लिन पनि नेपाल आइसकेका छन् ।
३५ वर्षीय लिन एक आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छन् । उनले अस्ट्रेलियाका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र १८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ओडीआईमा कुल ७५ रन बनाएका लिनले टी–२० अन्तर्राष्ट्रियमा २९१ रन जोडेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ४४ रन रहेको छ ।
टी–२० क्रिकेटमा भने लिनको प्रदर्शन निकै प्रभावशाली छ । उनले आठ हजारभन्दा बढी रन बनाइसकेका छन्, जसमा ५ शतक र ५५ अर्धशतक सामेल छन् । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) मा सर्वाधिक रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यानको कीर्तिमान पनि लिनकै नाममा छ । उनले इन्डियन प्रिमियर लिग (आईपिएल) लगायत विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूमा पनि आफ्नो छाप छोडिसकेका छन् ।
सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण