एनपीएल : आजको खेलका सबै टिकट बिक्री, खेलस्थल बाहिर भिड नगर्न आग्रह
सारांश
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सुरू हुँदैछ।
- पहिलो खेलका सबै टिकट बिक्री भइसकेकाले टिकट नभएका दर्शकलाई भीड नगर्न प्रहरीले आग्रह गरेको छ।
- नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा सञ्चालन हुनेछ।
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आजदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो खेलका सबै टिकट बिक्री भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार जारी गरेको सूचना अनुसार टिकटविहीन दर्शकलाई खेल मैदान वरपर भीड नगर्न र आफू अनुकुल स्थानबाटै खेल हेर्न आग्रह गरिएको छ।
प्रहरीको सूचनामा भनिएको छ, '...आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेलस्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।'
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमै सञ्चालन हुने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण