अफगानिस्तानले पाकिस्तानबाट किन्न छाड्यो गहुँ र पिठो
सारांश
- अफगानिस्तानले पाकिस्तानबाट गहुँ र पीठोको आयात पूर्ण रूपमा बन्द गरेको छ।
- दुई देशबीचको तनावपछि तालिवानले पाकिस्तानसँगको व्यापार सम्बन्ध अन्त्य गर्ने निर्णय गर्यो।
- अफगानिस्तानले उज्बेकिस्तान, काजकिस्तान र रुसबाट गहुँ र पिठो आयात बढाएको छ।
काबुल । अफगानिस्तानले पाकिस्तानबाट गहुँ र पीठोको आयात पूर्ण रूपमा बन्द गरेको छ । दस वर्षअघि अफगानिस्तानले पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पीठो आयात गर्ने गरेको थियो । तर त्यसपछि बिस्तारै गहुँ आयात घटाउँदै लग्यो । अहिले आएर आयात ठप्पै पारेको छ ।
हालै दुई देशबिचको तनावपछि अफगान तालिवानले पाकिस्तानसँग व्यापार सम्बन्ध अन्त्य गर्ने कुरा गरेको थियो । अफगानिस्तानले आफ्ना व्यापारीहरूलाई पाकिस्तानको सट्टा अन्य देशहरूसँग व्यापारको बाटो खोज्न निर्देशन नै जारी गर्यो ।
विगत केही दशकदेखि, अफगानिस्तानले पाकिस्तानको बाटो भएर सबैभन्दा धेरै व्यापार गर्दै आएको छ, जुन यसको कुल व्यापारको लगभग आधा हो ।
२०१५ मा पाकिस्तानले अफगानिस्तानमा ३२ करोड पीठो पठाएको थियो । तर यो अब शून्यमा झरेको अन्तर्राष्ट्रिय र एसियाली बजार अनुगमन एजेन्सीहरूको तथ्याङ्कले देखाएको छ । यी तथ्याङ्कले अफगानिस्तान पिठोको लागि पाकिस्तानमा निर्भर नभएको देखाएको छ ।
अफगानिस्तानले २०२४ मा उज्बेकिस्तान, काजकिस्तान र रुसबाट ६८ करोड ९० लाख डलरको गहुँ र पिठो किनेको थियो । यो सङ्ख्या २०२५ मा ७५ करोड डलर पुग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण