एपस्टाइन फाइल सार्वजनिक गर्ने पक्षमा मत हाल्न रिपब्लिकनलाई ट्रम्पको आह्वान
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले जेफ्री एपस्टाइन मुद्दाका फाइलहरू सार्वजनिक गर्न रिपब्लिकनहरूलाई मतदान गर्न आग्रह गरे।
- ट्रम्पले फाइल सार्वजनिक गर्ने पहिलेको विरोधलाई उल्टाउँदै, डेमोक्र्याटहरूको चालबाजी अन्त्य हुनुपर्ने बताए ।
- रिपब्लिकन सांसद थोमस म्यासी र डेमोक्रेट रो खन्नाले फाइल सार्वजनिक गर्न याचिका दायर गरेका थिए, जसमा २१८ हस्ताक्षरहरू सङ्कलन भइसकेको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको तल्लो सदनमा रिपब्लिकनहरूलाई जेफ्री एपस्टाइनको मुद्दासँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्ने पक्षमा मतदान गर्न भनेका छन् ।
महिनौँदेखि फाइल सार्वजनिक गर्ने कुराको विरोध गर्दै आएको ट्रम्पले अहिले भने यु–टर्न मारेका छन् । फ्लोरिडाबाट वासिङ्टन फर्किएपछि, ट्रम्पले सामाजिक सञ्जालमा लेखे– ‘हामीसँग लुकाउनका लागि केही छैन, डेमोक्रेटहरूको यो चालबाजी अन्त्य हुनुपर्छ ।’
रिपब्लिकन सांसद थोमस म्यासी र डेमोक्रेट रो खन्नाले जुलाईमा फाइल सार्वजनिक गर्नुपर्ने मागसहित याचिका दायर गरेका थिए । यो दुर्लभ प्रक्रियाले प्रत्यक्ष मतदान गर्न बाध्य पार्न अनुमति दिन्छ । याचिकामा २१८ हस्ताक्षरहरू सङ्कलन भइसकेको छ ।
१०० भन्दा बढी रिपब्लिकनहरूले विधेयकको पक्षमा मतदान गर्न सक्ने म्यासीले बताएका छन् । ‘हामीले जितिरहेका छौँ, र यो जित ठुलो हुनेवाला छ,’ उनले भनेका थिए ।
सबैभन्दा अचम्मको कुरा मार्जोरी टेलर ग्रीन, न्यान्सी मेस र लरेन बोएबर्ट जस्ता ट्रम्प समर्थक मानिने धेरै रिपब्लिकनहरूले पनि विधेयकलाई समर्थन गरेका छन् । मुद्दाका कारण ट्रम्पसँग ग्रिनको मतभेद बढेको छ । यही मामिलामा ट्रम्पले हालै ग्रिनलाई पागल्नी र देशद्रोही भनेका थिए ।
सदनले विधेयक पारित गरेपछि पनि सिनेटले यसलाई अनुमोदन गर्छ कि गर्दैन भन्ने कुरा स्पष्ट छैन । प्रतिनिधिसभामा धेरै समर्थन मिल्यो भने सिनेटमा पनि दबाब बढ्ने म्यासीको भनाइ छ ।
२०१९ मा जेलमा आत्महत्या गरेका एपस्टाइन धेरै देशका राजनीतिज्ञ र सेलिब्रेटीहरूसँग जोडिएका थिए । उनी यौन उत्पीडन मामिलामा जेलमा थिए । अनुसन्धानको क्रममा एपस्टाइन मामिलामा ट्रम्पको नाम पनि जोडिएको पाइएको थियो । तर ट्रम्पमाथि कुनै गलत कामको आरोप लगाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण