साउदी अरबको बस दुर्घटनाबारे के भन्छन् भारतीय विदेशमन्त्री ?
सारांश
- भारतीय विदेशमन्त्री एस. जयशंकरले साउदी अरबको मदिनामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरे।
- उमराहका लागि गइरहेको बस दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।
- तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति शोक व्यक्त गर्दै राहत कार्यको लागि निर्देशन दिए।
नयाँ दिल्ली । भारतीय विदेश मन्त्री एस.जयशंकरले साउदी अरबको मदिनामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उमराहका लागि गइरहेको सो बसमा भारतीयहरू सवार थिए ।
दुघर्टनामा परेर ४० जनाभन्दा धेरैको मृत्यु भएको छ । ‘साउदी अरबको मदिनामा भएको भारतीय नागरिकहरूसँग भएको दुर्घटनाबाट म निकै दुःखी छु । रियादस्थित भारतीय दूतावास र जेद्दाहस्थित महावाणिज्य दूतावासले यस दुर्घटनाबाट प्रभावित भारतीय नागरिकहरू र उनीहरूका परिवारहरूलाई पूर्ण सहयोग प्रदान गरिरहेको छ,’ जयशंकरले भनेका छन् ।
यसअघि, जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासले दुर्घटनाको प्रतिक्रियामा नियन्त्रण कक्ष स्थापना गरेको बताएको थियो । तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डीले पनि बस दुर्घटनाप्रति शोक व्यक्त गरेका छन् । उनकाअनुसार बसमा हैदरावादका धेरै व्यक्ति सवार थिए ।
रेड्डीले अधिकारीहरूलाई भारतीय विदेश मन्त्रालय र साउदी अरेबियाली दूतावाससँग सम्पर्कमा रहन निर्देशन दिएका छन् । दुर्घटनासँग सम्बन्धित जानकारी प्रभावित परिवार र आफन्तहरूसम्म पुर्याउन र राहत कार्यको अनुगमन गर्न तेलंगाना सचिवालयमा नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण