शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर
सारांश
- बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहरिएकी छिन्।
- अदालतले हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको ठहर गरेको छ ।
- आईसीटीमा हसिनाविरुद्धको मुद्दाको फैसला जारी छ, र सजाय निर्धारण हुन बाँकी छ।
ढाका । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर स्थानीय अदालतले गरेको छ ।
गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहरसमेत अदालतले गरेको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)मा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् ।
तीन सदस्यीय इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएकोसमेत इजलासले ठहर गरेको छ ।
इजलासमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी छ । उनीविरुद्धको सजाय भने निर्धारण हुन बाँकी छ । फैसलाको अन्तिममा न्यायाधीशले सजाय निर्धारणको विवरण सुनाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण