महासंघको सल्लाहकारबारे विधान अनुसार निर्णय लिन पूर्व अध्यक्षहरुको सुझाव
सारांश
- नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र उपाध्यक्षले महासंघको पछिल्लो विवादबारे ध्यानाकर्षण जनाएका छन्।
- उनीहरूले विधानअनुसार चल्न आग्रह गर्दै महासंघको साङ्गठनिक जीवनमा संवादको माध्यमबाट समस्या समाधान हुनुपर्ने बताएका छन्।
- सल्लाहकार संख्याको विषयमा विवाद हुँदा केन्द्रीय समिति बैठक प्रभावित भएको थियो, र अध्यक्षको कार्यकक्षमा तालाबन्दी भएको थियो।
काठमाडौँ । नेपाल पत्रकार महासंघका २ जना पूर्वअध्यक्ष र एक वरिष्ठ उपाध्यक्ष समेत रहेका पदेन सल्लाहकारले महासंघमा भएको पछिल्लो विवादबारे चासो राख्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पूर्वअध्यक्षहरु गोविन्द आचार्य र विपुल पोखरेल तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघका सन्दर्भमा विभिन्न माध्यमबाट व्यक्त चासो, चिन्ता र प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनीहरुले महासङ्घ अध्यक्ष निर्मला शर्माको ध्यानाकर्षण गराउँदै महासंघको विधानले प्रस्ट व्यवस्था गरेको पदेन सल्लाहकारहरूको विषयमा भइरहेका टिकाटिप्पणी र महासंघले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा ४ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
‘महासंघको साङ्गठनिक जीवनमा बेलाबेलामा देखापर्ने समस्या संवादका माध्यमबाट विधिसम्मत निरूपण हुँदै आएको छ । यो हैसियत र क्षमता महासंघले राख्नुपर्दछ’, ध्यनाकर्षणपत्रमा भनिएको छ, ‘वर्तमान केन्द्रीय समितिले पनि महासंघको यो चरित्रलाई थप बढवा दिने हाम्रो विश्वास छ ।’
सल्लाहकारका सन्दर्भमा व्यक्त विचार, टिका टिप्पणीका सन्दर्भमा विधानको दफा १६ को (९) मा भएको प्रस्ट व्यवस्थामा केन्द्रीय समितिको ध्यान जाने उनीहरूको विश्वास छ ।
महासंघले विभिन्न समयमा आफ्नो साङ्गठनिक तथा नीतिगत पक्षमा योगदान दिनेहरूप्रति कदर गर्दै सम्मान गर्ने अधिकार पनि केन्द्रीय समितिमा भएकाले विधानको परिधिमा रहेर निर्णय लिनु संस्थाको वृहत् हितमा हुने आचार्य, पोखरेल र विष्टको भनाइ छ ।
महासंघमा तीन जना सल्लाहकार राख्ने कि चार जना राख्ने भन्ने विवाद हुँदा केन्द्रीय समिति बैठक प्रभावित भएको थियो । महासंघको विधानमा ३ जना राख्ने व्यवस्था छ । अध्यक्ष शर्माले आफू विधानअनुसार चल्न खोज्दा केही साथीहरूले केन्द्रीय समिति बैठक नै अवरुद्ध गरेको तथा आफ्नो कार्यकक्षमा समेत तालाबन्दी गरेको बताइन् । साेमबार बिहान युनियनका लबदेव ढुंगानाले लगाएको ताला प्रेस चाैतारी नेपालका रामेश्वर कार्कीले फोडेका छन् ।
_PYG5PvVz4G.jpg)
_rUcFk7knar.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण