कांग्रेसका २४ केन्द्रीय सदस्यका मागमा दुई पूर्वपदाधिकारीको ऐक्यबद्धता
सारांश
- नेपाली कांग्रेसका २४ केन्द्रीय सदस्यको ७ बुँदे मागमा दुई पूर्वपदाधिकारीले ऐक्यबद्धता जनाएका छन्।
- सोमबार ललितपुरमा बसेको बैठकले अभियानलाई सशक्त बनाउने निर्णय गर्यो र थप १० सदस्य थपिन चाहेको बताइएको छ।
- ज्ञापनपत्रमा पार्टीको १५औँ महाधिवेशन मंसिर १५ गतेभित्र सुरु गर्नुपर्ने लगायतका विषयहरू उल्लेख छन्।
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहका २४ केन्द्रीय सदस्यको ७ बुँदे मागमा दुई पूर्वपदाधिकारीले ऐक्यबद्धता जनाएका छन् ।
गत कात्तिक २६ गते संस्थापन समूहका २४ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया मंसिरभित्र सुरु गर्नुपर्ने लगायतका ७ बुँदे माग पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।
ती मागमा साेमबार पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा.शशांक कोइरालाले ऐक्यबद्धता जनाएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए ।
‘हाम्रो ७ बुँदे मागमा संस्थापन पक्षमा दुई पूर्वपदाधिकारी विजयकुमार गच्छदार र डा. शशांक कोइरालाले आज ऐक्यबद्धता जनाउनुभयो,’ केन्द्रीय सदस्य शेर्पाले रातोपाटीसँग भने, ‘त्यसबाहेक कार्यसम्पादन समितिका सदस्यहरूले पनि ऐक्यबद्धता जनाउनु भएको छ । मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आज ऐक्यबद्धता जनाउनुभयो ।’
२४ केन्द्रीय सदस्यको सोमबार ललितपुरमा तीन घण्टा बैठक बसेको थियो । बैठकले अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको शेर्पाले जानकारी दिए । साथै अभियानमा थप १० केन्द्रीय सदस्य थपिन चाहेको पनि उनले बताए ।
२४ केन्द्रीय सदस्यहरूको ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख छ ।
ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ ।
साथै युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिक निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण