वर्माको संयोजकत्वमा प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन
सोमबार, ०१ मङ्सिर २०८२, १५ : ४८
सारांश
- विराटनगरमा रौनक वर्माको संयोजकत्वमा ११ सदस्यीय प्रगतिशील राष्ट्रिय अभियान समन्वय समिति गठन गरियो।
- समितिमा आशुतोष बडाल, सुजल कुमार यादव लगायतका सदस्य रहेका छन्।
- तत्कालीन नेकपा माओवादी केन्द्रसहितका दलहरू मिलेर नेकपा गठन भएपछि अभियान सुरु भएको हो।
काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन भएको छ ।
रौनक वर्माको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन भएको हो । समितिको सदस्यमा आशुतोष बडाल, सुजल कुमार यादव,आकृति खनाल,लक्ष्मण कुमार यादव,राहुल कुमार सतरा, विक्की शर्मा, मो. अनवारुल, धिरज यादव, सन्जु लोकान्दरी र कैसल कुशवाहा रहेका छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रसहितका दलहरू मिलेर नेकपा गठन भएपछि नेता सुदन किरातीलगायतका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभई प्रगतिशील राष्ट्रिय अभियान गठन गरेका थिए । उक्त अभियान अहिले देशव्यापी संगठन विस्तारमा लागेको छ । सोही क्रममा विराटनगर समन्वय समिति गठन गरेको अभियानका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण