तनहुँमा घाइते चितुवाको उद्धार
सोमबार, ०१ मङ्सिर २०८२, १६ : ४९
सारांश
- भानु नगरपालिकामा घाइते अवस्थामा चितुवा फेला परेको छ।
- डिभिजन वन कार्यालयको टोलीले घाइते चितुवाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।
- स्थानीयबासीले चितुवालाई ढुङ्गा हानेको बताएका छन्, जसले गर्दा चितुवा घाइते भएको थियो।
तनहुँ । भानु नगरपालिका–१० कालीमाटीस्थित जङ्गलमा घाइते अवस्थामा फेला परेको चितुवाको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालयको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको हो ।
घाइते चितुवा पोथी प्रजातिको वयस्क रहेको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । स्थानीयवासीबाट जानकारीमा आएपछि कार्यालयको टोलीले उद्धार गरी उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ल्याइएको छ । चितुवाको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको उनले बताए ।
प्रमुख भाटले भने- ‘स्थानीयवासीलाई आक्रमण गर्न आएको र ढुङ्गा हान्ने क्रममा चितुवा घाइते भएको स्थानीयवासीले बताएका छन् ।’ घाइते चितुवालाई वन कार्यालयको निगरानीमा राखी पूर्ण स्वस्थ भएपछि सुरक्षित स्थानमा छाडिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण