बङ्गलादेशले भन्यो– हसिनालाई तुरुन्तै सुपुर्दगी गर
काठमाडौँ । बङ्गलादेशले शेख हसिना र असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ । यी दुवै अहिले भारतमा बसिरहेका छन् ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि सरकारले यो माग गरेको हो ।
यस निर्णयपछि बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेको छ । यसमा लेखिएको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहराएको छ ।’
मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशको व्यवहार मित्रतापूर्ण र न्यायको गम्भीर अपहेलना हुने विज्ञप्तिमा भनिएको छ ।
‘हामी चाहन्छौँ कि भारत सरकारले दुवै दोषीलाई तुरुन्तै बङ्गलादेशी अधिकारीहरूलाई सुम्पियोस् । दुई देशहरूबिच विद्यमान सुपुर्दगी सन्धि अन्तर्गत यसो गर्नु भारतको जिम्मेवारी हो ।’
बङ्गलादेशको विदेश मन्त्रालयले भनेको छ । बङ्गलादेशले आधिकारिक रूपमा शेख हसिनाको सुपुर्दगीको लागि अनुरोध गरेर यस अघि पनि धेरै पत्रहरू पठाएको थियो । तर, भारतले यी अनुरोधहरूको जवाफ दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण