‘एक्लो’ क्यारेक्टर पोस्टरमा डिसी
सारांश
- चलचित्र 'एक्लो' मा दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ, जसमा उनको नाम 'द्रोण' रहेको छ।
- साइन्स-फिक्सनमा आधारित यो फिल्म आगामी पुस १७ गते प्रदर्शन हुने तयारीमा छ, जसका निर्देशक प्रदीप शाही हुन्।
- फिल्मको पोस्ट-प्रोडक्सन लन्डनमा भइरहेको छ र यसमा प्रदीप खड्का, विजय लामा लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ। चलचित्र ‘एक्लो’ को मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा डीसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ। उनको लुक्स र प्रस्तुतीकरणबाट फिल्म सामान्यभन्दा फरक बनेको संकेत दर्शकले अनुमान गर्न सक्ने देखिन्छ।
साइन्स–फिक्सनमा आधारित रही निर्माण भएको फिल्म आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। ‘एक्लो’ का निर्देशक प्रदीप शाही हुन्।
हाल चलचित्रको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा भैरहेको छ ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह साथै बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय छ।
एनआरएन समूहको लगानीमा बनेको फिल्म ‘एक्लो’ का कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज’ रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण