लागू भयो ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रमा क्यूआर कोड
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०८ : १०
सारांश
- सीटीईभीटीले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ।
- यो प्रणाली डिप्लोमा र प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट र प्रिडिप्लोमा तहको प्रमाणपत्रमा समावेश छ।
- नयाँ प्रणालीले प्रमाणपत्र प्रमाणीकरणलाई छिटो, सरल र विश्वसनीय बनाउनेछ।
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ।
परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रिडिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको एक सूचनामार्फत जनाएको छ । क्यूआर कोड सोमबारदेखि लागू भएको सीडीईभीटीले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।
नयाँ प्रणाली लागू भएपछि परिषद्बाट जारी हुने प्रमाणपत्रलाई अनलाइनमार्फत छिटो, सरल र विश्वसनीय रूपमा प्रमाणीकरण गर्न सकिने परिषद्को भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण