नापी कार्यालय सुर्खेतकी सर्भेक्षकलाई कारबाहीको तयारी, ३० दिने स्पष्टीकरण सोधियो
सारांश
- सुर्खेत नापी कार्यालयले सर्वेक्षक मेनका खड्कालाई ३० दिने स्पष्टीकरण सोधेको छ।
- खड्का लामो समयदेखि बिना बिदा अनुपस्थित रहेको र स्पष्टीकरण नदिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
- कार्यालयले निजामती सेवा ऐनअनुसार उनलाई सेवाबाट हटाउने किन नपर्ने भनी स्पष्टीकरण मागेको छ।
काठमाडाैँ । नापी कार्यालय सुर्खेतले सर्भेक्षक मेनका खड्कामाथि कारबाही प्रक्रिया अघि बढाउँदै ३० दिने अन्तिम स्पष्टीकरण मागेको छ। कार्यालयको हाजिरी अभिलेख अनुसार खड्का २०८० असार ४ गतेदेखि बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी समयदेखि अनुपस्थित रहेको भन्दै यसअघि पटक–पटक पत्राचार गर्नाका साथै सफाइ पेश गर्न पत्र काटिए पनि कुनै प्रतिक्रिया नआएको कार्यालयले जनाएको छ।
यसअघि नापी विभागको पत्रानुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने निर्णय भइसकेको र नापी कार्यालयको असार ३० गतेको निर्णय बमोजिम निजामती सेवा ऐन, २०४९ को दफा ६१९१०९छ० अनुसार खड्कामाथि अनुशासनिक कारबाही योग्य कसुर ठहरिने मंगलबार जारी सूचनामा उल्लेख छ।
कार्यालयले निजामती सेवा ऐन बमोजिम “भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने” सजाय किन नलगाउने भन्ने विषयमा स्पष्टीकरण माग्दै दफा ६६ तथा निजामती सेवा नियमावली, २०५० को नियम ११० अनुसार आवश्यक सफाइको अन्तिम मौका प्रदान गरिएको जनाएको छ।
यसअघि १५ र ३० दिने दुवै अवधि दिइएर पत्रहरू पठाइएको भएपनि खड्काबाट कुनै प्रतिक्रिया नआएपछि कार्यालयले अन्तिम चेतावनीस्वरूप ३० दिने स्पष्टीकरण प्रकाशित गरेको जनाएको छ ।
नापी कार्यालयले खड्कालाई ३० दिनभित्र उपस्थित भई स्पष्टीकरण दिन आग्रह गरेको छ। तोकिएको समयमा स्पष्टीकरण नआएमा निजामती सेवा ऐन र नियमावली बमोजिम कारबाही प्रक्रिया अगाडि बढ्ने चेतावनी कार्यालयले दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण