युक्रेनले पाउँदै सय थान राफेल फाइटर जेट
सारांश
- युक्रेनले फ्रान्सबाट सय थान राफेल लडाकु विमान र हवाई रक्षा प्रणाली पाउने भएको छ।
- युक्रेनी राष्ट्रपति जेलेन्स्की र फ्रान्सेली समकक्षी म्याक्रोँले सम्झौतामा हस्ताक्षर गरेका छन्।
- २०३५ सम्ममा राफेल एफ४ को डेलिभरी पूरा हुनेछ भने ड्रोन उत्पादन यसै वर्ष सुरु हुनेछ।
किभ । युक्रेनले सय थान फ्रान्समा निर्मित राफेल एफ४ लडाकु विमानका साथै उन्नत हवाई रक्षा प्रणालीहरू प्राप्त गर्ने भएको छ । यसले घातक रुसी आक्रमणहरूबाट आफूलाई बचाउन सहयोगसिद्ध हुने किभको भनाइ छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पेरिस नजिकैको हवाई अड्डामा आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँको साथमा यससम्बन्धी आशय पत्रमा हस्ताक्षर गरेका छन् । जेलेन्स्कीले यस कदमलाई ऐतिहासिक भनेर स्वागत गरेका छन् ।
राफेल एफ४को डेलिभरी २०३५ सम्ममा पूरा गर्ने योजना छ । इन्टरसेप्टर ड्रोनहरूको संयुक्त उत्पादन भने यस वर्ष सुरु हुँदैछ । सम्झौताका वित्तीय विवरणहरू अझै तयार पारिएको छैन ।
तर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छापिएका समाचारका अनुसार यो सम्झौताका लागि फ्रान्सले ईयूबाट पैसा पाउने र यसबाहेक पनि रोक्का गरेर राखेको रुसी सम्पत्तिमा पनि पहुँच पाउन सक्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण